Asia News Asia news

c
 World
c
 Video
c
 Business
c
 Politics
c
 Tech/Science
c
 Sports
c
 Entertainment
c
 Health
c
 Opinion
email Email Alert
HTML Feed  RSS
North America Europe Asia
South America Africa South Asia
Middle East 
click region
add article to your favorites add to favorites
email this article to a friend email article
print this article print version
binod khadka
By binod khadka
Short Interview With Nepalese Pop Singer "Deepa Panta"


दुइबर्ष अगाडी आफ्नो पहिलो एल्बम "रियालिटी" स्रोता माझ ल्याएर साङितिक क्षेत्रमा प्रबेश गरेकी गायिका दीपा पन्त पेशा ले शीक्षीका हुनुहुन्छ|गणित विषयमा स्नाकोतर तहको अध्ययन गरी रहनुभएकी गायीका पन्त हालसाल मात्र बजार मा आएको एल्बम "दिलको बदला" अन्तर्गत रहेको दिलको बदला दिल दिए चोटको बदला चोट दिन्छु बोल को गीतले अहिले नेपाली साङीतीक जगत मा एक किसीम को हङगामा नै म चाएको छ । यतीखेर निकै नै चर्चामा आएकी उनै गायिका सँग गरिएको अन्तरग कुराकानी ।

तपाइले संगीत यात्रा कहिले बाट शुरु गर्नु भयो ?
-२०६२ सालमा श्रुती संगीत बिद्यालयमा संगीत को कक्षा लिएर साङितिक यात्रा सुरु गरेकी हु ।


तपाइको पहिलो पटक रेकर्ड गरेको गीत ?
-सोधी रहन्छ यो मन्,जुन गीत मेरो" रियलिटी "नामक एल्बम मा समेटिएको छ जुन गीत को शन्द संगीत मेरो आफ्नै रहेको थियो ।


गित गाउन को लागी प्रेरणा को श्रोत ?
-म आफै




गित आफैले लेखेर कि अरुले लेखेको गाउन मन पर्छ ?
-आफैले लेखेर गाउन मन पर्छ,तर यसको मतलब यो हैन कि म अरु ले लेखेको गीत गाउदिन ।



गायिका नै हुन मन किन परेको ?
-सानै देखी को इच्छा,जब म स्कुल पढ्थे तेती बेला देखी नै म धेरै गीत हरु सुन्ने गर्थे र मलाई साह्रै उत्सुक्ता हुन्थ्यो यो गीत कसरी रेकर्ड गर्ने होला,मेरो पनि स्वर रेडियो मा बज्यो भने कस्तो हुन्छ होला भन्ने लाग्थ्यो,तेतिकै मा जब म ठुली भय यही संगीत को क्षेत्र मा रमाउन इच्छा लाग्यो त्यसै कारण ले गायीका बन्न मन परेको हो ।

नेपाली संगीत पेशा तेती राम्रो छैन भन्छन नि ?
-यो कुरा गलत हो । कुनै पनि कुरा आफै मा नराम्रो हुँदैन त्यहाँ भित्र लागेका मान्छे हरु गलत हुने हुन्,कुनै पनि पेशा गलत हुँदैन ।


के नेपाली संगीतमा लागेर जिन्दगी चल्छ त ?
-धेरै हद सम्म चल्दैन तर मिहेनत गर्दै गयो भने अबश्य चल्छ,अहिले पनि हाम्रो साङितीक छेत्र मा लागेर नै जिबिको पार्जन गरी रहुनु भएका धेरै उदहरण हरु हुनुहुन्छ ।


आज सम्म कती कमाउनु भयो ?
-स्रोताहरु को माया कमायको छु ,कती भनेर कल्पना नै गर्न सक्दिन ।


पैसा कि गित ?
-अवस्य गीत अनी संगीत जुन पैसा ले किन्न सकिन्न ।

म्युजिक भिडियो नै चाहिन्छ भन्छन नि ?
-राम्रो स्रोता लाई भिडियो चाहिदैन तर अहिले को माहोल नै सुन्ने साथ साथै हेर्ने भएकोले म्युजिक भिडियो बनाउदा राम्रो हुन्छ ।


के पाउनु भयो संगीत क्षेत्रमा ?
-आत्मा सन्तुस्टी,यसकै लागि नै मैले यो क्षेत्रमा पाइला टेकेकी हु ।


अबको योजना ?
-अहिले म संगीत सिकी रहेकी छु,धेरै सिक्न बाकी छ तेसैले अझै धेरै सिकेर नेपाली संगीत क्षेत्रमा आफ्नो नाम सदा का लागि लेख्न चाहन्छु ।

सिनेमा मा गित नगाउने त ?
-गाउने,तर आफुलाई सुहाउने खाल को गीत गाउने अबसर आयो भने अबश्य गाउने छु ।


तपाईंको जिवनसाथी छ कि ?
-म अबिबाहित छु अहिले सम्म,तर मन ले खाएको कोही ब्यक्ती हुनुहुन्छ ,अहिले नाम चाही भन्न चाहन्न ।


पुरुषमा चहिने मुख्य कुरा ?
-आत्मा सम्मान का साथै आफु ले गरी रहेको काम प्रती जिम्मेवार भएर लाग्ने हुनु पर्छ र म पुरुष हु भन्ने कुराको घमन्ड हुनु हुँदैन ।

तपाइलाई खाना के मन पर्छ ?
-म खाने कुरा मा एकदम असन्तुस्ठी छु,मलाई धेरै कुरा हरु मन पर्दैन ।तर सधै मन पर्ने भनेको नेपाली सादा खाना दालभात तरकारी,मासु अलि कम खान्छु ।

नेपालको मन पर्ने ठाउ ?
-म आफै जन्मेको ठाउँ नुवाकोट को थान्सिङ र जिलिङ ।

बिदेशिने कि स्वदेश मै बस्ने ?
-स्वदेश मै बस्ने इच्छा छ तर पनि जो मान्छे सँग मैले जिन्दगी बिताउने निर्णय गरेकी छु उहा बिदेश मा बस्नु हुन्छ तेही भएर अहिले नै भन्न सक्दिन,तर पनि बिदेशमा नै पलायन चै हुने छैन,आउने जाने क्रम भइ नै रहन्छ।

सबै बिदेश बिदेश भन्छन नि ?
-देशको बिग्रदो परिस्थिती ले गर्दा सबै लाई बिदेशमा पुराएको छ,तर पनि आफ्नै देशमा केहि गर्छु भन्ने आट गर्नु राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।

आजकलको राजनिती तपाईंको बिचारमा ?
-अजीम्वेबारी,अनैतिकता को परकास्ठ हो राजनीति ।

अन्तिम मा पाठक बृन्द लाई केहि कुरा ?
-मेरो गीत हरु एकदम मन पराइ दिनु भएको मा हृदय देखीनै धेरै धेरै धन्यबाद र आगामी दिन हरु मा पनि यसरी नै माया दिदै जानु हुनेछ भन्ने आशा गरेकी छु र तपाईं हरु ले मेरो हालसाल मात्र बजार मा आएको एल्बम दिल को
बदला को बारेमा केहि सल्लाह सुझाब दिन चाहनु हुन्छ भने मेरो ईमेल ठेगाना:dilkobadala@gmail.com मा ईमेल पठाएर सल्लाह सुझाब दिन सक्नु हुनेछ । धन्यवाद । र साथै मेरो दुइ शब्द लाई प्रिय स्रोत माझ्
पुराउने कोसिश गर्नु भएको मा यहाँ लाई पनि मुरी मुरी धन्यवाद । for vifeo-www.europnepal.blogspot.com

Journalists Wanted - Journalist Login
All Rights Reserved