Asia News Asia news

c
 World
c
 Video
c
 Business
c
 Politics
c
 Tech/Science
c
 Sports
c
 Entertainment
c
 Health
c
 Opinion
email Email Alert
HTML Feed  RSS
North America Europe Asia
South America Africa South Asia
Middle East 
click region
add article to your favorites add to favorites
email this article to a friend email article
print this article print version
binod khadka
By binod khadka
Shooters of Kapan,Kathmandu murder -five arrested

काठमाण्डौंको कपनका सुन व्यवसायी हर्कबहादुर दियालीको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले मकवानपुर नामाटर ७ का ३४ वर्षिय शंकर घिसिङ्ग, ओखलढुङ्गा प्राप्चा १ का ३५ वर्षिय प्रेम सुनुवार, सुनसरी सिमरीया ५ का ३२ वर्षिय शम्भू चौधरी र उनकी श्रीमती अनिता तथा सुनसरी चाददेला ३ का २१ वर्षिय दिपक खवासलाई पक्रेको हो ।

उनीहरुको साथबाट मेड इन युएसए लेखिएको एक थान पेस्तोल, म्याग्जिन २ थान, त्यसको ११ थान गोली र कटुवा पेस्तोल १ थान बरामद गरेको प्रहरीले जनाएको छ । कपनको मिलनचोकमा सुन पसल संचालन गर्दै आएका दियालेको शुक्रवार बेलुकी गोली हानी हत्या भएको थियो ।

घटनाको विरोधमा आइतवार उपत्यकाका सुनचाँदी पसल बन्द भए । सुनचाँदी व्यवसायी संघ, सुनचाँदी कला व्यवसायी संघ, रत्न तथा आभुषण संघ र शिल्पी व्यवसायी संघमा आबद्ध उपत्यकाका व्यवसायीले कारोबार बन्द गरेका हुन् ।
Journalists Wanted - Journalist Login
All Rights Reserved