|
|
बलिउडमा बनेको चर्चित फिल्म ‘डर्टी पिक्चर्स’ले नेपालमा समेत हलचल मच्चायो । अधिकांश नेपाली कलाकारले समेत यो सिनेमा हेरे । तर एकजना नायिकालाई भने यो सिनेमामा विद्या वालनले निर्वाह गरेको भूमिका निभाउने रहर जागेको छ । उनी हुन् नेपाली सिने क्षेत्रमा काली सुन्दरीको उपनाम पाएकी ऋचा घिमरे । भर्खर मात्र गर्भवती भएको समाचार बाहिर आएको थियो उनको । उनै ऋचा अब आफूलाई केही भिन्न सिनेमामा अभिनय गर्न मन लागेको बताउँछिन् । बलिउडको विद्या वालन बन्ने रहर छ ‘म डर्टी पिक्चर्स जस्तो सिनेमा खेल्न पनि चाहन्छु’ केही फरक सिनेमा खेल्ने ईच्छा राखेकी ऋचाले भनिन् । अब सिनेमामा केही फरक र गम्भीर भुमिका गर्ने रहर छ । केही समय अघि नेपाली सिने क्षेत्रबाट नै सन्यास लिएको खवरतर्फ इंकित गर्दै उनले भनिन् -’म यो कुराको पनि खण्डन गर्न चाहन्छु कि मैले कहिले पनि सन्यास लिएको छैन । म निरन्तर सिनेमा खेल्न चाहन्छु ।’ ऋचाले आफू आफ्नो ‘होम प्रोडक्शन’मा बनेका सिनेमा मात्र खेल्ने भन्ने कुराको समेत खण्डन गर्दै भनिन् -’म होम प्रोडक्शनको मात्र होईन बाहिरबाट कुनै सिनेमाको अफर आएपनि खेल्न तयार रहेको छु । जहाँबाट मलाई केही गम्भीर र फरक खालका भुमिकाको अफर आओस ।’ अनलाईन यो पनि पद्नुहोस: ऋचा घिमिरे आमा बन्ने Actress: Richa Ghimire Home: Kumarigal, Chabahil, Kathmandu, Nepal. DoB: 21 Feb, 1982 Occupation: Acting & Movie Making Height: 5’5″ Vital Statistics: 34-26-36 Education: Bachelor in Mass Communication Contact: krishala44@yahoo.com Richa has done a number of TV advertisements, magazine advertisements, fashion shows, tele-serials, and stage shows. Nepali moives by Richa Ghimire: Timro Maya 99 Mero Maya 100 Bish Biratako Chino Chhodi Gaye Paap Lagla Giraftaar Aadhi Tufan Farz Aljhechha Kyare Pachheuri Desh Dekhi Bidesh Samma Sathi Ma Timro Tulasi |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||